देशभर १३० संक्रमित थपिए, ७५ जनाले जिते कोरोना

आइतबार देशभर एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ३० जनामा कोरोना संक्रमण देखिएको बताए।

आज मात्रै ७५ जना कोरोना जितेर घर फर्किएका छन्। आजसम्म कुल संक्रमितमध्ये १३ हजार १ सय २८ जनाले संक्रमण जितेका छन्।

अहिले देशभर ५ हजार ४ सय ४० संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय