१९ संक्रमित प्रहरीलाई गोठगाउँ आइसोलेसन सारियो

प्रदेश नम्बर १ प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि कार्यालय परिसर ‘डिस्इन्फेक्ट’ गर्दै मानिसको आवातजावत बन्द गरिएको छ।

दुईदिन अघि कार्यालय परिसरमा कार्यरत १ सय ४६ प्रहरीको पिसिआर परीक्षण गरिएकोमा त्यसमध्ये १९ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो।

कायालयका प्रवक्ता एसपी दीपक पोख्रेलका अनुसार पोजेटिभ देखिने सबै प्रहरी कार्यालय परीसर भित्र प्रशासनिक विभागमा खटिएका थिए। कार्यालय भारतीय सीमा छेउ भए पनि उनीहरूको बोर्डर छेउ ड्यूटि नभएको प्रहरीको दावी छ। ति मध्ये अधिकांशको बसाई ब्यारेकमै थियो भने केहि डेरा र घरबाट कार्यालय आउथे।

उनीहरूको विराटनगरस्थित प्रदेश प्रयोगशाला र कोसी अस्पतालको ल्याबमा नमुना परीक्षण गरिएको थियो। प्रहरी स्रोतका अनुसार केहि प्रहरी अधिकृतहरूको यसअघि नै परीक्षण गर्दा नजिता पोजेटिभ देखिएपछि थप प्रहरीको नमुना परीक्षण गरिएको हो।

कार्यालयमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि अहिले प्रदेश १ प्रहरी कार्यालय परिसरमा विशेष सतर्कता अपनाइएको एसपी पोख्रेलले जानकारी दिएका छन्। उनका अनुसार कार्यालयमा मानवीय गतिविधिलाई निरुत्साहित पार्दै विशेष शाखामा एक जना व्यक्तिले मात्र काम गर्ने व्यवस्था मिलाइएको छ। अधिकृतहरूले आफ्नै क्वाटरबाट भिडियो कन्फ्रेरेन्सको माध्यमबाट निर्देशन दिने र कार्यालय सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

पोख्रेलले संक्रमित सबैको उपचारका लागि प्रदेश १ सरकारले तयार गरेको मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको परिसर भित्रको कोभिड १९ अस्पतालमा लगिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय