आइसियुमामा रहेका एक वृद्धकाे काेराेनाबाट मृत्यु

कोरोना संकमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ।

काेराेना पुष्टि भएका वीरगञ्ज आदर्शनगरका ७५ वर्षीय वृद्धको शनिबार ज्यान गएको हो।

मुटु रोगबाट पीडित ती बिरामीमा कोरोना लक्षण देखिएपछि उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा आइतबार उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा. मदन उपाध्यायले जानकारी दिए।

उनलाई वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट शनिबार कोभिड-१९ अस्पताल ल्याइएको थियो।

उनमा गत शुक्रबार आरडिटी पोजेटिभ देखिएकोमा शनिबार राति पिसिआर पोजेटिभ देखिएको थियो।

कोरोनाका कारण पर्सामा ८जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय