विश्वमा काेराेना संक्रमितकाे स‍ंख्या डेढ कराेड नाघ्याे, यी हुन् उच्च संक्रमण रहेका मुलुक

विश्वलाई त्रासमय बनाएको कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ।

संसारभरका वैज्ञानिक खाेप विकसित गर्न खोज/अनुसन्धानमा रहे पनि परीणामले सफलता हात पार्न सकेकाे छैन।

विश्वमा कोरोनाका सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकापछि ब्राजिल, भारत मेक्सिको र दक्षिण अफ्रिकामा संक्रमित निरन्तर बढिरहेका छन्।

पछिल्लो २४ घन्टामा कोरोनाका कारण अमेरिकामा ९ सय ७ जनाको मृत्यु भएको छ। यो अवधिमा ६७ हजार ३ सय ८७ जना संक्रमित थपिएका छन्।

यससँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ३ सय ९७ पुगेको छ। संक्रमितको संख्या ४३ लाख १५ हजार नाघेकाे छ।

अमेरिकामा रहेका संक्रमितमध्ये २० लाख ६१ हजार ६ सय ९२ जना निको भएका छन्। १८ हजार ९ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

ब्राजिलमा कोरोनाबाट एकैदिनमा १ हजार १ सय ११ जनाको ज्यान गएको छ। ४८ हजार २ सय ३४ जना नयाँ संक्रमित भेटिएका छन्।

ब्राजिलका आइतबार बिहानसम्म ८६ हजार ४ सय ९६ जनाको मृत्यु भएको छ। २३ लाख ९६ हजार ४ सय ३४ जनामा संक्रमण देखिएको छ।

कोरोनाबाट प्रभावित मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा बितेको २४ घन्टामा भाइरसका कारण ६ सय ९० जनाको मृत्यु भएको छ। ४८ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ९६ पुगेको छ। यससँगै संक्रमितको संख्या १३ लाख ८५ हजार ४ सुय ९४ पुगेको छ।

मेक्सिकोमा पनि कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको छ। मेक्सिकोमा कोरोनाबाट एकैदिनमा ७ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार ५ सय ५३ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा अहिलेसम्म भाइरसका कारण ४२ हजार ६ सय ४५ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या ३ लाख ७८ हजार २ सय ८५ पुगेको छ।

दक्षिण अफ्रिकामा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ३ सय १२ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा १२ हजार २ सय १२ जना संक्रमित थपिएका छन्।

दक्षिण अफ्रिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ५५ पुगेको छ। संक्रमितको संख्या ४ लाख ३४ हजार २ सय पुगेको छ।

रुसमा कोरोनाबाट एकैदिन १ सय ४६ जनाको मृत्यु भएको छ। ५ हजार ८ सय ७१ जना संक्रमित थपिएका छन्।

रुसमा अहिलेसम्म १३ हजार १ सय ९२ जनाको ज्यान गइसकेको छ, भने ८ लाख ६ हजार ८ सय २० जनामा संक्रमण रहेको पुष्टि भएको छ।

विश्वभर कोरोनाका कारण ६ लाख ४७ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १ करोड ६१ लाख ८९ हजार ६ सय १६ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ९९ लाख ७ हजार २ सय ३२ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय