कर्णालीमा थप २७ जना कोरोना संक्रमित भेटिए

कर्णालीमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९)  संक्रमण पुष्टि भएको छ। शनिबार प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुुष्टि हुनेमा दैलेखका दुईजना, कालीकोटका तीनजना, सुर्खेतका ११ जना, अछामका दुईजना, हुम्लाका एकजना, मुगुका दुईजना र जाजरकोटका ६ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

योसँगै कर्णालीका कोरोना संक्रमित संख्या १ हजार ८ सय ५१ पुगेको छ।

शनिबार कर्णालीमा २ सय ९६ जनामा कारोना भाइरसको परीक्षण गरिएको थियो। त्यसमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय