उपत्यकामा ३ सहित थप १०९ जनामा कोरोना संक्रमण

शनिबार देशभर एक सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ९ जनामा कोरोना संक्रमण देखिएको बताए।
यो सँगै नेपालमा १८ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ४ हजार ७५ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। उपत्यकामा आज थप ३ जनामा कोरोना संक्रमीत थपिएका छन्।

शनिबार देशभर ५ हजार ३ सय ८५ जना आइसोलेसनमा रहेको डा. गौतमले बताए।

हालसम्म १३ हजार ५३ जना संक्रमण निको भएका छन्। आज मात्रै १ सय ६ जना कोरोना जितेर घर फर्किएका छन्। कुल संक्रमितमध्ये ७०.६ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए।

शनिबार १८ हजार १ सय ८३ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय