‘२५ वर्षदेखि खण्डहर भवन खोलेर कोरोना अस्पताल बनायौँ’

पुष्पराज चौलागाईं/काठमाडाैं
प्रकाशित
२०७७ साउन १० गते १४:१६

देशको सुविधा सम्पन्न ठाउँमा कोरोना संक्रमितको उपचारको लागि पर्याप्त बेड छैनन्। सबै ठाउँमा बेड अभावले कोरोनाका बिरामीले सास्ती खेप्नु परिरहेको छ।

तर, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले भौतिक संरचना र जनशक्तिको अभावकाबीच पनि १७८ बेडको आइसोलेसन कक्ष निर्माण गरी संक्रमितलाई उपचार सेवा दिँदै आएको छ।

चैत्रबाट कोरोना संक्रमित बढ्दै गए। सुरुवाती चरणमा कोरोना संक्रमण देखिन थालेपछि उपचार, व्यवस्थापनको लागि कहाँ राख्ने खोजी हुन थाल्यो। तर, निजी अस्पतालले संक्रमितलाई राख्न मानेनन्।

संक्रमितको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालले जिम्मा लियो। अस्पतालको भौतिक संरचना सानो भएकाले संक्रमित राख्न सक्ने अवस्था थिएन। अस्पतालमा रहेको ओपीडी भवन आइसोलेसन बेडको रूपमा परिणत भयो।

एकतिरको जनशक्तिले दुवैतिर सेवा चलाउनुपर्दा स्थिति अलि असामान्य भएको डा. झाको अनुभव छ। ‘सुरुवाती चरणमा जेनतेन धानिएकै थियो तर एकैपल्ट आकस्मिक कक्षको सम्पूर्ण कर्मचारी क्वारेन्टाइनमा जाँदा समस्या धेरै नै बढिरहेको छ,’ डा. झाले थपे, ‘जनशक्ति व्यवस्थापन गर्न निकै समस्या परेको छ।’

रोजगारीका लागि भारत छिरेकाहरु गाउँ फर्किने क्रम बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढन् थाल्यो। तत्कालीन अवस्थामा २५ बेडको आइसोलेसन निर्माण गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रन्जित झा बताउँछन्।

केही दिनमा अस्पतालको आइसोलेसन बेड भरियो। त्यसपछि विकल्प खोजी भयो। सप्तरीको शाही कृष्ण अस्पताल, जहाँको भौतिक संरचना निकै पुरानो। २५ वर्षदेखि बन्द रहेको अस्पतालको संरचनालाई मर्मत गर्न थालियो।

‘लामो समयदेखि प्रयोगमा नआउँदा अस्पताल खण्डहर नै भइसकेको थियो। स्थानीय सरकार तथा नेपाली सेनाको सहयोगले बल्ल बल्ल अस्पतालको जस्तो रूप दिन सकियो’, डा. झाले भने।

सुरुवाती चरणमा अस्पतालमा १ सय २ बेडको आइसोलेसन निर्माण भएको थियो। केही समयपछि १ सय ७८ बेड निर्माण भयो। जुन देशभरको सबैभन्दा ठूलो संख्यामा रहेको आइसोलेसन बेड हो।

हाल सप्तरीमा ४ सयभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पतालका जनशक्तिले नै सप्तरी जिल्लाभरी कै संक्रमितको उपचार कृष्णा अस्पतालबाट सेवा दिइरहेका छन्।

आइसोलेसनमा अहिलेसम्म ४ सय २ जना कोरोना संक्रमित भर्ना भइसकेका छन्। डा. झाका अनुसार ३१२ जना निको भएर घर फर्किसकेका छन् भने ९० जना आइसोलेसनमा उपचारत छन्।

शाही कृष्ण अस्पताल

‘जनशक्ति अभावका बीच पनि अस्पतालले आफ्नो सेवा निरन्तर दिइरहेको छ,’ डा. झाले भने, ‘सप्तरी जिल्लाभरकै कोरोना संक्रमितको उपचार गर्न जिम्मेवारी आएका कारण कठिनाइको सामना गर्नुपरेको छ।’

गजेन्द्रनारायण अस्पतालमा आकस्मिक कक्षमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण भएपछि संक्रमितको सम्पर्कमा आएका १४ कर्मचारीलाई क्वारेटाइनमा राखिएको छ।

एकतिरको जनशक्तिले दुवैतिर सेवा चलाउनुपर्दा स्थिति अलि असामान्य भएको डा. झाको अनुभव छ। ‘सुरुवाती चरणमा जेनतेन धानिएकै थियो तर एकैपल्ट आकस्मिक कक्षको सम्पूर्ण कर्मचारी क्वारेन्टाइनमा जाँदा समस्या धेरै नै बढिरहेको छ,’ डा. झाले थपे, ‘जनशक्ति व्यवस्थापन गर्न निकै समस्या परेको छ।’

गजेन्द्रनारायण अस्पताल ५० बेड क्षमताको हो। अस्पतालमा १९८ कर्मचारी कार्यरत छन्। कोरोना संक्रमितको उपचारमा दैनिक २ डाक्टर, ३ नर्स, ३ जना सरसफाइ कर्मचारी र खाना पकाउने कर्मचारी खटिन्छन्।

सुरु–सुरुमा त एउटै पीपीईले धेरै दिनसम्म काम चलाउनुपर्‍यो, प्रदेश सरकार तथा आफैंले पनि सुरक्षा सामग्री खरिद गरेका थियौं,’ डा. झाले भने, ‘तर, अहिले पीपीईको जस्ता सुरक्षा सामग्रीको अभाव छैन।’ सुरुमा पीपीई लगाएर बस्नुपर्दा गर्मीले चिडचिड नै हुने भए पनि पछि बानी पर्दै गएकोले सहज भएको डा. झाको अनुभव छ।

उनका अनुसार संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १४ दिन उपचारमा खटाउने र त्यसपछि १४ दिन क्वारेन्टाइन राख्ने गरिएको छ। जनशक्ति अभाव हुन नदिन प्रदेश सरकारसँग कर्मचारी माग गरिरहेको डा. झाले बताए।

एकैपटक १७२ जनासम्म कोरोना संक्रमित राखेर पनि उपचार गरिएको छ। सुरुवाती अवस्थामा देशभरीका स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री नहुँदा समस्या प¥यो। जुन समस्या गजेन्द्रनारायण अस्पतालले पनि भोग्नुपरेको थियो।

‘सुरु–सुरुमा त एउटै पीपीईले धेरै दिनसम्म काम चलाउनुपर्‍यो, प्रदेश सरकार तथा आफैंले पनि सुरक्षा सामग्री खरिद गरेका थियौं,’ डा. झाले भने, ‘तर, अहिले पीपीईको जस्ता सुरक्षा सामग्रीको अभाव छैन।’ सुरुमा पीपीई लगाएर बस्नुपर्दा गर्मीले चिडचिड नै हुने भए पनि पछि बानी पर्दै गएकोले सहज भएको डा. झाको अनुभव छ।

खानपिनको व्यवस्थादेखि साबुन, ब्रसलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन अस्पतालले नै गरेको छ। संक्रमितलाई बिहान खाजा, खाना, दिउँसो खाजा र बेलुकी खाना दिने गरिएको छ। खानामा चना,  अण्डा, जस्ता पोषिला खानेकुरा समावेश गरेर दिने गरिएको डा. झाले बताए।

‘संक्रमितले प्रयोग गरेको बाल्टी र जग पनि संक्रमित निको भएपछि फाल्ने गरेको छौं। अन्य संक्रमितको लागि नयाँ व्यवस्था गर्ने गरेका छौं,’ डा. झाले सुनाए।

‘सीसीटिभीबाट सबै संक्रमितको निगरानी गरिरहेका हुन्छौं,’ डा. झा भन्छन्, ‘केही समस्या देखिएमा तुरुन्तै थप उपचारमा जुट्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय