मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना पोजेटिभ भएको छ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनले आफूलाई कोरोना पोजेटिभ देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सुझाव दिएका छन्। यस्तै आफूसँग दैनिक सम्पर्कमा रहेकालाई भने क्वारेन्टाइनमा जान आग्रह गरेका छन्।

उनले ट्वीटमा भनेका छन्, ‘मेरा प्यारा प्रदेशवासीहरु मलाई कोभिड–१९ को लक्षणहरु देखिएको थियो। परीक्षणपछि मेरो रिपोर्ट पोजेटिभ देखिएको छ। मेरा सबै मित्रहरुमा अपिल गर्दछु कि जुन साथीहरु मेरो सम्पर्कमा आउनुभएको थियो। उहाँहरुले पनि आफ्नो कोरोना टेस्ट गर्नुहोस् । मेरा निकटमा सम्पर्कमा रहेका मानिसहरु तत्काल क्वारेन्टाइनमा जानुहोस्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय