गजेन्द्रनारायण सिंह अस्पतालका १४ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा राखिएको छ।
विष सेवन गरेर अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेटाइनमा राखिएको अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए।
तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो ।
सबै स्वास्थ्यकर्मीलाई राजविराजस्थित एक होटेलको क्वारेन्टाइनमा राखिएको छ।
बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ ।