भारतमा कोरोना संक्रमण बढ्दो, एकै दिन थपिए ४८ हजार ८९२ संक्रमित
विश्व कोरोना महामारीले आक्रान्त बनिरहँदा भारतमा शुक्रबार आजसम्मकै उच्च संक्रमित थपिएका छन्। शुक्रबार मात्रै भारतमा ४८ हजार ८ सय ९२ जना संक्रमित थपिएका हुन्। त्यस्तै ७६१ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३१ हजार ४०६ जनाको मृत्यु भएको छ भने १३ लाख ३७ हजार २२ जनालाई संक्रमण भएको छ।
भारतमा ८ लाख ५० हजार १०७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
यस्तै समाचार तयार पार्दासम्म विश्वमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३९ हजार १७५ पुगेको छ। अहिलेसम्म ६ लाख ४२ हजार ६२२ जनाले ज्यान गुमाइसकेका छन्।
त्यस्तै ९७ लाख २३ हजार ३६५ जनाले संक्रमण जितेका छन्। उपचाररत मध्ये विश्वमा ६६ हजार २४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।