क्यान्सर पीडितलाई सहयोग गर्न फाउन्डेसन स्थापना

क्यान्सर पीडितलाई सहयोग र सेवा प्रदान गर्नका लागि राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेशनको स्थापना भएको छ।  क्यान्सर सम्बन्धी विभिन्न संघसंस्था तथा उपचार एवं स्वास्थ्य केन्द्र लगायतसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको फाउन्डेशनले बताएको छ।

उपचारमा पहुँच नभएका व्यक्तिलाई अस्पताल पुर्याउन यातायतको उपलब्धताका विषयमा जनाकारी गराउने तथा आवश्यक परेको अवस्थामा उपचार गराउने समेत उदेश्य फाउन्डेसनको रहेको अध्यक्ष जनार्दन आचार्यले जानकारी दिए।

‘कमजोर आर्थिक अवस्था भएका क्यान्सरका बिरामीहरूका लागि निशुल्क औषधिको उपचारको व्यवस्था मिलाइने छ’, अध्यक्ष आचार्यले भने।

फाउण्डेशनले सरकारी गैरसरकारी संस्थासँगको सहकार्यमा आवश्यकता अनुसार स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धीत विषयमा तालिम दिने, अध्ययन अनुसन्धान गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सेमिनार सञ्चालन गर्ने उदेश्य राखेको आचार्यले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय