कोरोना संक्रमणबाट १९ वर्षीया युवतीको मृत्यु

कोरोना संकमणबाट वीरगञ्जमा थप एक युवतीको मृत्यु भएको छ। बारा जिल्लाको परवानीपुर गाउँपालिका निवासी १९ वर्षीया युवतीको मृत्यको भएको हो।

गएराति कोरोना भाइरसको लक्षण देखिएपछि उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा शुक्रबार उनको निधन भएको अस्पतालका संयोजक डा. निरज सिंहले बताए।

मृतक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ रहेको छ। पिसिआर परीक्षणका लागी स्वाब सङ्कलन गरेर नारायणी अस्पतालको प्रयोगशाला पठाइएको डा। सिंहले जानकारी दिए।

परीक्षणको रिपोर्ट नआएसम्म कोरोनोबाट नै मृत्यु भएको हो भन्न नसकिने उनले बताए।

आज बिहान मात्रै सोही अस्पतालमा वीरगन्ज महानगरपालिका–११ निवासी ८५ वर्षीय वृद्धाको कोरोनोबाट मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय