१४ दिन पछाडि धकेलियो सरकारी चिकित्सक संघको निर्वाचन, सदस्य संख्या बढ्यो

सरकारी चिकित्सक संघ नेपाल (गोदान) को भोली (शनिबार) हुने भनिएको निवार्चन १४ दिन पछाडि धकेलिएको छ।लकडाउन पूर्ण रुपमा नखुलेकाले निर्वाचन पछि सरेको संघले जनाएको छ। संघले एक विज्ञप्ती जारी गर्दै लकडाउन पूर्ण रुपमा नखुलेको अवस्थामा निर्वाचन गर्न सम्भव नभएकाले साउन २४ गतेसम्मका लागि सारिएको जनाएको छ।

नेपालमा चिकित्सकहरूको संगठनमा अनलाइनमा प्रविधिबाट पहिलो पटक निर्वाचन हुन लागेको हो। चुनावको मिति तय भएसँगै चिकित्सकमाझ चटारो पर्न गएको छ। चुनावी माहोलसँगै संगठनमा सदस्यता फैलिने क्रम बढ्दो रहेको छ।

चुनावी माहोलभन्दा अगाडी संघमा ५ सयको हाराहारीमा सदस्यता रहेको थियो। हाल २ भन्दा बढी सदस्यता बढ्न गई ७ सयभन्दाले सदस्यता लिइरहेको संघले जनाएको छ।

संघको चौथो कार्यलयको लागि अध्यक्षमा डा. समाज गौतम, डा. रविन खड्का, डा. दीपक थापा मगर, डा. श्रषिकान्त अर्यालले उम्मेवारी दिने चर्चा रहेको छ। त्यसैगरी, महासचिव पदका लागि डा. किर्तिपाल सुवेदी, डा. विजय बाबू र रोसन भगद चौरसियाको चूनावको चर्चा छ।

प्रमुख निर्वाचन अधिकृत डा. रुद्र प्रसाद मारासिनीका अनुसार मतदान समय बिहान ९ देखि साँझ ४ बजेसम्म हुनेछ।ट्रमा सेन्टरको हलमा १० र ११ गते १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका संघले जनाएको छ।

१२ र १३ गते साँझ ४ बजेसम्म उम्मेदारी फिर्ता तथा दावी–विरोध र साँझ ४ बजे अन्तिम नामवली प्रकाशन हुने छ। सरकारी चिकित्सकको सूचिमा नाम भई संघको आधिकारिक सदस्यता लिएका र आधिकारिक परिचयपत्र भएका व्यक्तिहरूले मात्र मतदान दिन पाउँछन्।

साँझ ५ गतेभित्र नयाँ कार्यसमितिको घोषणा हुनेछ। साधारण सभा भने लकडाउन पूर्ण रुपमा हटेपछि मात्र हुने संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय