७०.५ प्रतिशतले कोरोना जिते

नेपालमा कोरोना संक्रमण निको हुने दर बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप १ सय ७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुने संख्या   १२ हजार ९ सय ४७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो सख्या कुल संक्रमित मध्ये ७० दशमलव ५ प्रतिशत हो। शुक्रबार थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ७७२, प्रदेश २ मा २८८०, बागमती प्रदेशमा ४५८गण्डकी प्रदेशमा ११०२, प्रदेश ५– ३८८३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

त्यसैगरी, कर्णाली प्रदेशमा १५८३, सुदूरपश्चिम प्रदेशमा २२८२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय