उपत्यकामा १० सहित थप १३३ जनामा कोरोना संक्रमण

शुक्रबार देशभर एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ३३ जनामा कोरोना संक्रमण देखिएको बताए।
यो सँगै नेपालमा १८ हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। उपत्यकामा थप १० जनामा कोरोना संक्रमीत थपिएका छन्।

शुक्रबार देशभर ५ हजार ३ सय ८३ जना आइसोलेसनमा रहेको डा. गौतमले बताए।

हालसम्म १२ हजार ९ सय ४७ जना संक्रमण निको भएका छन्। आज मात्रै १ सय ७ जना कोरोना जितेर घर फर्किएका छन्। कुल संक्रमितमध्ये ७०.४ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए।

शुक्रबार १९ हजार ४ सय ४४ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

कहाँ–कति नयाँ संक्रमित भेटिए?

वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा– धनुकटाका १ जना, सुनसरीका १ जना

कोसी अस्पताल विराटनगरमा– झापाका ६ जना, मोरङका १जना , सप्तरीका ७ जना र सुनसरीका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा– झापा १९ जना, सुनसरीका ३ जना, मोरङका १ जना

नारायणी अस्पतालको प्रयोगशालामा– बारा १ जना, सलार्हीका १ जना, पर्साका ३० जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा– धनुषाका १ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा– काठमाडौंका ५ जना पर्साका १ जना र सलार्हीका १ जना

भरतपुर अस्पताल प्रयोगशालामा– चितवनका १ जना

त्रिभुवन शिक्षण अस्पतालमा– चितवनका १ जना, काठमाडौंका ५ र उदयपुरका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा– कास्कीका १ जना

प्रादेशिक क्षयरोग प्रयोगशालामा– कास्कीका ४ जना, लमजुङका ३ जना, बाग्लुङका १ जना र तनहुँका १ जना

भेरी अस्पतालको प्रयोगशालामा– बाँकेका २ जना, बर्दियाका २ जना, र दाङका ४ जना

लुम्बिनी प्रादेशिक अस्पतालमा नवलपरासी पुर्वका ४ जना र रुपदेन्हिका ४ जना

सुर्खेत प्रादेशिक अस्पतालमा– जाजरकोटका १ जना र कालीकोटका २ जना

देलेख प्रयोगशालामा– देलेखका ८ जना

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा– कैलालीका ८ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय