बिपीको रजिष्ट्रारमा डा.मोहनचन्द्र रेक्मीको पदबहाली

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा नवनियुक्ती डा. मोहनचन्द्र रेक्मीले पदबहाली गरेका छन्।

यसअघि उनी प्रतिष्ठानको प्रसुति तथा स्त्रीरोग विभागका विभागीय प्रमुख थिए।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्रमान गिरीको सिफारिसमा सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले रजिष्ट्रार नियुक्ती गरेका हुन।
यसअघि रजिष्ट्रार तुलबहादुर श्रेष्ठ थिए ।

उनलाई भ्रष्टाचार मुद्दा लागेको छ । पछिल्लोपटक प्राज्ञिक संस्थामा चिकित्सकलाई नै रजिष्ट्रार बनाएको भन्दै स्वास्थ्यकर्मीहरुले सकारात्मक रुपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय