कोरोना संक्रमणले थप एकको मृत्यु, मृतक संख्या ४४ पुग्यो

कोरोना संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ।

विरगन्जस्थित गण्डक अस्थायी कोरोना अस्पताल उपचाररत ८५ वर्षीया महिलाको मृत्यु भएको हो।

अस्पतालका मेडिकल सुपरि टेन्टेन्ड डा. मदन उपाध्याय जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

उनका अनुसार मृतक मुटुका रोगी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको उपाध्यायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय