संघको चेतावनीः तत्काल सम्पूर्ण स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराए देशव्यापी आन्दोलन

नेपाल स्वास्थ्यकर्मी संघले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

संघले विज्ञप्ति जारी गरी कोभिड–१९ को अग्रमोर्चामा खटिएका सबै स्वास्थ्यकर्मीलाई समेट्न नसकेको भन्दै विरोध समेत जनाएको हो।

सरकारले कोभिड–१९ का संक्रमितको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश ‘२०७७’ ल्याएको थियो।

सुरुमा जोखिम भत्ता निर्देशिका जारी हुँदा प्रत्यक्ष रुपमा खटिएकाले मात्रै भत्ता पाउने व्यवस्थाप्रति स्वास्थ्यकर्मीसँग सम्बन्धित संघसंगठनले विरोध जनाएका थिए। त्यसपछि सरकारले जोखिम भत्ता निर्देशिका परिमार्जन गर्ने प्रतिवद्धता गरेको थियो।

यस विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर रुपमा नलिई उक्त संशोधन नगरिनुले आमस्वास्थ्यकर्मीप्रति मन्त्रालय जिम्मेवार बन्न नसकेको संघको ठहर छ।

जोखिम भत्ता विनियोजन गर्दा मन्त्रालयलको ‘असली रूप’  देखिएको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे बताउँछन्।

‘जोखिम भत्ता निर्देशिका अनुसार अधिकांश स्वास्थ्यकर्र्मीले भत्ता नपाउने देखिन्छ,’ घिमिरेले भने, ‘अस्पतालमा रहेका संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मी मात्र जोखिम भत्ता पाउने तर, फिल्डमा खटिएका स्वास्थ्यकर्मीले नपाउने यो कस्तो न्याय हो ?’

महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने समयमा स्वास्थ्यकर्मी आन्दोलित हुनुपर्ने बाध्यात्मक परिस्थिति उपन्न हुनु राम्रो पक्ष नभएको संघले जनाएको छ।

कोरोना रोकथामको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन पनि संघले आग्रह गरेको छ। अन्यथा स्वास्थ्यकर्मी देशव्यापी आन्दोलित हुनुपर्ने अवस्था हुने र सोबाट आम जनसमुदाय पर्न जाने असुविधाप्रति सरकार, स्वास्थ्य मन्त्रालय र तीनै तहका सरकार जिम्मेवार हुने संघले चेतावनी दिएको छ।

कोरोना जोखिम भत्ताका लागि ७२ करोड निकासी, सबै स्वास्थ्यकर्मीले पाएनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय