काेराेना विश्व अपडेट: एकैदिन २ लाख ७५ हजार संक्रमित

विश्वभर एकैदिन (बिहीबार) मा थप २ लाख ७५ हजार ८ सय ९८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।

६ हजार ३ सय ९ जनाको मृत्यु भएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा थपिएका छन् भने त्यसपछि ब्राजिलमा थपिएका छन्।

अमेरिकामा चौबिस घण्टामा ६९ हजार १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय ५० जनाको मृत्यु भएको छ।

योसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार ३ सय ३३ पुगेको छ भने ४१ लाख ६९ हजार ९ सय ९१ जना संक्रमित छन्।

ब्राजिलमा एकदिनमा कोरोनाका कारण १ हजार ३ सय १७ जनाको ज्यान गएको छ भने ५८ हजार ८० जना नयाँ संक्रमित भेटिएका छन्।

ब्राजिलमा शुक्रबार बिहानसम्म भाइरसका कारण ८४ हजार २ सय ७ जनाको मृत्यु भइकेको छ भने २२ लाख ८९ हजार ९सय ५१ जनामा संक्रमण रहेको पाइएको छ।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा ७ सय ५६ जनाको मृत्यु भएको छ भने ४८ हजार ४ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ४५ पुगेको छ भने १२ लाख ८८ हजार १ सय ३० जनामा संक्रमण देखिएको छ।

भारतमा रहेका संक्रमितमध्ये ८ लाख १७ हजार ५ सय ९३ जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ।

भारतपछि कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्यु मेक्सिकोमा भएको छ। बितेका चौबिस घण्टामा मेक्सिकोमा कोरोनाका कारण ७ सय ९० जनाको ज्यान गएको छ भने ६ हजार १९जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा हालसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार १ सय ९० पुगेको छ भने ३ लाख ६२ हजार २ सय ७४ जना संक्रमित छन्।

दक्षिण अफ्रिकामा एकदिनमा १ सय ५३ जनाको ज्यान गएको छ भने १३ हजार १ सय ४ जना संक्रमित थपिएका छन्। दक्षिण अफ्रिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९३ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ८ हजार ५२ रहेको छ।

रुसमा एकदिनमा १ सय ४७ जनाको ज्यान गएको छ भने ५ हजार ८ सय ४८ जना नयाँ संक्रमित थपिएका छन्। रुसमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ९२ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ९५ हजार ३८ छ।

कोरोना भाइरसका कारण विश्वभर ६ लाख ३५ हजार ६ सय ६६ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ४१ हजार ९ सय ६ जना संक्रमित छन्। संक्रमितमध्ये ९५ लाख ३० हजार १३ जना निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय