३० जना थपिएसँगै कर्णालीमा संक्रमित संख्या १८ सय १३ पुग्यो

कर्णालीमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि हुनेमा दैलेखका २४ जना, सुर्खेतका पाँच जना र सल्यानका एक जना रहेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

योसँगै कर्णालीका कोरोना संक्रमितहरूको संख्या एक हजार आठ सय १३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय