अर्जुनधाराका युवामा कोरोना संक्रमण

झापामा थप एकजना कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै झापामा कोरोना संक्रमितको संख्या ३२१ पुगेको छ। तीन सयजना निको भएर घर फर्किएका छन्।

आज झापाका एक जना संक्रमित भएका हुन् भने एकजना निको भएर घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

आज संक्रमण पुष्टि हुनेमा अर्जुनधारा नगरपालिका ३ का २४ वर्षीय पुरुष छन्। उनी भारतको मुम्बईबाट फर्केका व्यक्ति हुन्। शनिश्चरे माविको क्वारेन्टाइनमा बसेका उनलाई कोभिड हस्पिटल गोठगाउँ पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय