‘चिकित्सकको पेशागत काम फौजदारी अपराधको विषय बन्नसक्दैन’

नेपाल चिकित्सक संघ (एनएम)ले चिकित्सा सेवा प्रवाहको काम गम्भीर फौजदारी अपराधको विषय बनाउँदा समग्र चिकित्सकको मनोवल घटने जनाएको छ ।भरतपुर मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणमा संलग्न भएका चिकित्सकलाई पक्राउ गरिएको घटनाका सम्बन्धमा विज्ञाप्ति जारी गर्दै संघले यस्तो उल्लेख गरेको हो ।

संघले यस्तो घटनाले स्वास्थ्य सेवा प्रवाहमै प्रतिकूल असर पर्नसक्ने तर्फ ध्यानाकर्षण गराएको छ । महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञाप्तिमा चिकित्सक पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

संघले स्वास्थ्य सेवा प्रवाह गर्ने चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाहका क्रममा भएको घटनामा राज्यले सुरु गरेको अनुसन्धानलाई नजिकबाट नियालीरहेको भन्दै तत्काल सत्यतथ्य बाहिर ल्याउन र अनुसन्धानलाई अनावश्यक रुपमा नलम्ब्याई द्रुतप्रक्रियाबाट न्याय निरुपण होस् भनि नेपाल चिकित्सक संघ सम्बन्धित सबैपक्षसँग हार्दिक अपील गरेको छ ।

संघका अध्यक्ष डा. लोचन कार्कीले यसलाई मुलुकी ऐनको परिषद् १९ मा रहेको उपचारसम्बन्धी महलअनुसार अनुसन्धानको विषय बन्नुपर्ने बताए  ।

संघका अध्यक्ष डा. लोचन कार्कीले यसलाई मुलुकी ऐनको परिषद् १९ मा रहेको उपचारसम्बन्धी महलअनुसार अनुसन्धानको विषय बन्नुपर्ने बताए  । डा. कार्कीले भने, ‘चिकित्सकको पेशागत काममा फौजदारी कानून आकर्षित हुन्न, उपचारसम्बन्धी महलअनुसार अनुसन्धान र कारवाही हुनुपर्छ’

उनले भरतपुर अस्पतालमा भएको घटनामा पनि मानव अंग प्रत्यारोपण नियमन तथा निशेष गर्न बनेको ऐन आकर्षित हुनुपर्नेमा ‘मानव वेचविखन अपराधसम्बन्धी ऐनअनुसार अनुसन्धान प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।

घटनाबारे कानूनी प्रक्रिया नटुंगिदै “चिकित्सकको मिलेमतोमा मानव तस्करी भएको” भन्ने हिसाबले चिकित्सकमाथि विभिन्न माध्यमबाट लान्छाना लगाइएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कानून बमोजिम इजाजत प्राप्त स्वास्थ्य संस्था र चिकित्सकले स्वास्थ्य सेवा प्रवाह गर्दा गम्भिर फौजदारी अपराधको दायरामा ल्याई चिकित्सकहरुको मनोबल घट्न गई समग्र स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल वातावरण बन्न सक्ने तर्फ सबै पक्ष संवेदनशिल भईदिन समेत संघ आग्रह गर्दछ ।’ संघको विज्ञाप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय