वीरगञ्जमा दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये एक प्रदेश अस्पताल नारायणीबाट केही समयअघि अवकास भएका र निजी क्लिनिकमा काम गर्ने ६० वर्षे चिकित्सक हुन् ।

अर्का एक अस्पतालमै कार्यरत फिजिसियान भएको अस्पतालले जनाएको छ । दुबै चिकित्सकलाई क्लिनिकबाटै संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ । ६० वर्षे चिकित्सक कार्यरत निजी अस्पतालका एक बिरामीमा समेत कोरोना देखिएको छ ।

अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट डा. मदन उपाध्यायकाअनुसार दुई चिकित्सकसहित एक सफाई कर्मचारीमा पनि कोरोना देखिएको छ । यसअघि अस्पतालकी एक जना नर्समा कोरोना पुष्टि भएर उनी संक्रमणमुक्त भएर काममा फर्किसकेकी छिन् ।

अन्य संक्रमित मध्ये ५ जना अस्पतालमै उपचाररत बिरामी छन् । उनीहरु चार जनालाई आइसियु चाहिने अवस्था रहेको अस्पतालले जनाएको छ ।

अन्य संक्रमित मध्ये ५ जना अस्पतालमै उपचाररत बिरामी छन् । उनीहरु चार जनालाई आइसियु चाहिने अवस्था रहेको अस्पतालले जनाएको छ ।

कोरोना अस्पताल गण्डकमा ५० शैया रहेकोमा हाल १६ शैयामा संक्रमित भर्ना भएका छन् ।

डा. उपाध्यायका अनुसार ६ गते स्वाब संकलन गरिएकामध्ये १६ जनामा बुधबार साँझ पोजेटिभ नतिजा आएको थियो । मृत्युपछि स्वाब संकलन गरिएको एक वृद्धमा समेत कोरोना पोजेटिभ पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय