आइसोलेसनमा ज्यान गुमाएका वृद्धमा कोरोना पुष्टि, थप १७ जनामा काेराेना स‍ंक्रमण

हेल्थपोस्ट
प्रकाशित
२०७७ साउन ८ गते ९:४९

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड-१९ अस्पतालको आइसोलेसनमा ज्यान गुमाएका वृद्धमा कोरोना भाइरस रहेको पुष्टि भएको छ।

साउन ७ गते ज्यान गुमाएका माइस्थानका ७० वर्षीय वृद्धको बुधबार राति पीसीआर जाँच गरिएकोमा उनमा कोरोना पोजेटिभ पाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। नारायणी अस्पतालको प्रयोगशालमा बुधबार राति स्वाब परीक्षण गरिएकामध्ये चार महिलासहित १७ जनामा कोरोना संक्रमण पाइएको छ।

वीरगञ्जस्थित एडभान्स हस्पिटलमा उपचारत ती वृद्धमा कोरोनाको लक्षण देखिएपछि गत मंगलबार गण्डक अस्थायी कोभिड—१९ अस्पतालमा सिफ्ट गरिएको थियो।

तर, उनको मंगलबार नै उपचारको क्रममा मृत्यु भएछि स्वाब संकलन गरिएको थियो।

अस्पताल अनुसार साउन ६ गते १ सय २८ वटा नमुना स्वाब संकलन गरिएको थियो। संक्रमण फेला परेकामध्ये अधिकांश चिकित्सक, स्वास्थ्यकर्मी, र अस्पतालमा उपचारत बिरामी रहेका छन्।

थपिने संक्रमितमा दुई डाक्टर, दुई उपचाररत बिरामी लगायत १७ जना छन्। संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका छन्। संक्रमितलाई आइसोलेसन वार्डमा राख्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय