झापामा थप एक जनामा कोरोना पुष्टि

झापामा आज थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा शिवसताक्षी नगरपालिका- ६ का ३९ वर्षीय पुरुष छन्। उनी बहराइनबाट आएका व्यक्ति हुन्। ति पुरुष झरना प्राविको क्वारेन्टाइनमा बसेको वडाध्यक्ष मनोज कार्की खुलाल बताए।

उनलाई उपचारका लागि कोभिड हस्पिटल गोठगाउँ मोरङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएकी छ। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२० पुगेको छ।

त्यसमध्ये २९८ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय