काठमाडौैंसहित ३० जिल्ला अझै कोरोना अति उच्च जोखिममा, भावनामा लकडाउन अन्त्य !

साउन ७– वैश्वीक महामारीका रुप लिएको कोरोना भाइरस रोग (कोभिड १९)को जोखिम बढेको भन्दै देशभरमा जम्मा ३ जना संक्रमित हुँदा सुरु गरेको लकडाउन सरकारले १८ हजार भन्दा बढी संक्रमित पुगिरहेको अवस्थामा अन्त्य गरेको छ ।

लकडाउन अन्त्य भएको दिन पनि १०० जना संक्रमित थपिएका छन् । तुलनात्मक रुपमा कोरोनाको परीक्षण र संक्रमित दुबै घटिरहेको सन्दर्भमा लकडाउन खोल्ने निर्णयलाई विज्ञले भने अवैज्ञानिक भएको बताएका छन् । ‘लकडाउन लगाउँदा पनि हावाको आधारमा गर्यो, खोल्दा झन् आधारहीन रुपमा खोलियो’ नाम उल्लेख गर्न नचाहने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कम्तिमा रेडजोनमा परेका ३० जिल्लामा त लकडाउन खोल्ने समय नै भएको थिएन्’ ।

केहीदिनअघि स्वास्थ्य मन्त्रालयले नै आयोजना गरेको नियमित पत्रकारसम्मेलनमा समेत इपिडिमिलोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पछिल्ला दिनमा सबैभन्दा बढी जोखिम उपत्यकामा देखिएको बताएका थिए । उपत्यका पछिल्ला दिनमा संक्रमितको संख्या ३८७ पुगिसकेको छ । तीमध्ये अधिकांश भाइरस एक्टिभ रहेका संक्रमित छन् ।

कन्ट्रयांक ट्रेसिङका क्रममा कुनै स्रोत नभेटिएका संक्रमितका संख्या बढिरहेको र प्रत्येकजसो अस्पतालमा संक्रमित देखिरहेको अवस्थामा यति धेरै जनसंख्याको बसोबास रहेको क्षेत्रमा एकैपटक लकडाउन खुल्ला गर्ने अवस्था नरहेको विज्ञहरु बताउछन् ।

भारतमा समुदायमै संक्रमण फैलिरहेको अवस्थामा हाम्रोमा सबै गतिविधि खोल्दा त झन् सचेत हुनुपर्छ’ उनले भने, ‘बाहिर हेर्दा मान्छेलाई कोरोनाको चिन्ता नै नभएजस्तो देखिन्छ,।’

महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले लकडाउन खोल्ने निर्णय ‘हाइलेवल’बाट हुने भएकोले आफूहरुले कमेन्ट गर्न नमिल्ने बताए । ‘यो स्वास्थ्यभन्दा पनि अन्य मन्त्रीसमेत भएर अर्थतन्त्र, सामाजिक आर्थिक प्रभाव समेत हेरेर निर्णय गरिएको होला’ उनले भने ।

सरकारी निर्णय भएका कारण स्वास्थ्यमन्त्रालयले औपचारिक रुपमा कुनै प्रतिक्रिया नजनाएपनि उनीहरुले सबै ठाउँमा पूर्ण रुपमा लकडाउन अन्त्य गर्ने निर्णयलाई भावनात्मक रुपमा गरिएको अवैज्ञानिक निर्णय भनेका छन् ।

डा. पाण्डेका अनुसार अझै थप दुई हप्ता काठमाडौंलगायतका जनघनत्व बढी भएका ठाउँहरुमा उच्च निगरानी जरुरी छ ।

‘भारतमा समुदायमै संक्रमण फैलिरहेको अवस्थामा हाम्रोमा सबै गतिविधि खोल्दा त झन् सचेत हुनुपर्छ’ उनले भने, ‘बाहिर हेर्दा मान्छेलाई कोरोनाको चिन्ता नै नभएजस्तो देखिन्छ,।’

सरकारले ५ महिना लामो लकडाउनमा उपचारका दायराबृद्धिका लागि जनशक्तिलाई तालिम, आइसियु र भेन्टिलेटरको तयारी, ननकोभिड बिरामीको उपचार व्यवस्थामा कुनै तयारी गरेको छैन् ।

सुरुमा क्वारेन्टाइनलाई व्यवस्थित नगरेकै कारण संक्रमितको संख्या बढिरहेको अवस्थामा सरकारले लक्षण नदेखिएकालाई परीक्षणविनै क्वारेन्टाइनबाट घर फर्काउने नीति लिएर परीक्षण घटाएसँगै संक्रमतिको संख्या घटेको थियो ।

अहिले पनि सरकारले स्वास्थ्य सुरक्षाका उपायबारे प्रयाप्त जनचेतना एवं परिपालनाको व्यवस्थासँगै, उपचार, परीक्षण भरपर्दो आधार नबनाईकनै लकडाउन अत्य गएिनु सरकारको असंवेदशीक निर्णय भन्दै समुदायमा फैलिएर अकल्पनीय अवस्था आउँनसक्ने चेतावनी दिएका छन् ।

कहाँ/कहाँ जोखिम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सयभन्दा बढी संक्रमित भएको जिल्लालाई अति जोखिमयुक्त जिल्लामा वर्गीकरण गरेर रेडजोनमा राख्ने गरेको छ । यो आधारमा काठमाडौसहित ३० जिल्ला रेडजोनमा पर्छ ।

प्रदेशका आधारमा प्रदेश १ का २, प्रदेश २ का ६, प्रदेश तीनमा काठमाडौं मात्र र गण्डकी प्रदेशमा ४ जिल्ला रेडजोनमा अर्थात् उच्च जोखिमयुक्त जिल्लामा छन् ।

त्यसैगरी प्रदेश ५ का ९, कर्णालीमा २ र सुदूरपश्चिमका ७ जिल्ला उच्चजोखिममा छन् । हालसम्म १८ हजार ९४ कुल संक्रमित रहेकोमा ५ हजार ३ सय ६८ जना भाइरस संक्रिया संक्रमित छन् ।
१२ हजार ६ सय ८४ जनाले कोरोना जितिसकेपनि हालसम्म ४२ जनाको ज्यान गइसकेको छ ।

प्रदेश १
सोलुखुम्बु ६
संखुवासभा ६
ताप्लेजुङ १५
ओखलढुंगा २२
खोटाङ १४
भोजपुर ६
धनकुटा १२
तेह्थुम ७
उदयपुर ९०

सुनसरी १२१
मोरङ २१६
झापा ३१६
इलाम ३०

प्रदेश २
पर्सा १९४
बारा १८३
रौतहट १५०५
सर्लाही ७६२
महोत्तरी ७९६
धनुषा ६४०
सिराह २४४
सप्तरी ३९६

बागमती
धादिङ १३८
चितवन ११९
रसुवा ११
काठमाडौ २६०
नुवाकोट ३२
सिन्धुपाल्चोक ६५
दोलखा १०
भक्तपुर ४७
ललितपुर ८०
काभ्रे २१
मकवानपुर ४१
सिन्धुली २१
रामेछाप ३७

गण्डकी
मुस्ताङ १
मनाङ १
गोरखा १२१
लम्जुङ १०६
म्याग्दी ४६
बाग्लुङ २३३
स्याङ्जा २१९
पर्वत ९७
कास्की १०३
लम्जुङ १०६
तनहुँ १७५
नवलपरासी पूर्व ३२४

प्रदेश ५
बर्दिया २२१
बाँके ४०७
दाङ ६७५
कपिलवस्तु ७६५
रुपन्देही ३२६
रोल्पा ५६४
अर्घाखाँची ३४२
प्युठान ३३३
गुल्मी ३६२
रोप्ला ७०
रुकुम पूर्व १२
नवलपरासी वश्चिम १२५

कर्णाली
हुम्ला ३
मुगु ८
डोल्पा ५
जुम्ला ४८
कालीकोट ६८
रुकुम पश्चिम ३८
जाजरकोट १९
दैलेख ८६५
सुर्खेत ५४६
सल्यान २६९

सुदूरपश्चिम
कैलाली ९८३
कन्चनपुर ४८३
अछाम ६४५
डोटी ६३७
डढेल्धुरा २९७
बैतडी २७६
बाजुरा ६१६
बझाङ १७८
दार्चुला २०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय