बाँकेमा तीन जनामा कोरोना पुष्टि

बाँकेमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा सल्यानका दुई र बर्दियाका दुई जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २ सय ७१ स्वाब परिक्षण गर्दा ७ जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ। बाँकेको नेपालगञ्ज १८ की २६ बर्षीय महिला, राप्तीसोनारी ८ की ३६ बर्षीय महिला र राप्तीसोनारी २ का २० बर्षीय पुरुषमा कोरोना देखिएको हो।

योसँगै बाँकेमा कोराना संक्रमितको संख्या ३ सय ९६ पुगेको छ। यी मध्ये ३ सय ६८ जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

यस्तै बर्दिया गेरुवा ४ का २८ बर्षीय पुरुष र गेरुवा ५ की १९ बर्षीया महिला तथा सल्यानका २५ र २७ बर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय