कर्णालीमा १८ महिने बालकसहित २२ कोरोना संक्रमित थपिए

कर्णालीमा थप २२ जनामा कारोना भाइरसको संक्रमण (कोभिड-१९) पुुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा बुधबार गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बुधबारको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेमा कालीकोटका ६ जना र दैलेखका १६ जना रहेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्।

यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ।

संक्रमित हुनेमा बालबालिकासमेत छन्। कालीकोटको रास्कोट नगरपालिका-२ निवासी १८ महिनाका एक बालकमा संक्रमण पुष्टि भएको छ।

यसका साथै सोही वडा निवासी तीन वर्षीय बालक र एक वर्षीय बालिकामा समेत भाइरस संक्रमण देखिएको छ। उनीहरूबाट संकलन गरिएको स्वाब जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो।

यसका साथै कर्णालीमा बुधबार १३ जना निको भएका छन्। प्रदेश अस्पताल सुर्खेतबाट तीनजना, वीरेन्द्रनगर आईसोलेसन सेन्टर

सुर्खेतबाट पाँचजना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पाँचजना निको भई घर फर्किएका हुन्।

बुधबार २ सय ४२ जनाको स्वाब परीक्षण गरिएको थियो, त्यसमध्ये २२ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय