बिपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चार दिनअघि ज्वरो र खोकी लागेर भर्ना भएका एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। प्रतिष्ठानमा उपचाररत् उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

प्रतिष्ठानको इमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। उनी उपचारमा आउँदा गम्भीर थिए।

आइसियुमा राखेर उपचार गरिँदै भइरहेकोमा उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोरोना आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो।

आइसोलेसनको आइसियु कक्षमा उपचार भइरहेकोमा मंगलबार साँझ उनको मृत्यु भएको सापकोटाले बताए। प्रवक्ता सापकोटाका अनुसार उनको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएको थियो। मिर्गौलाले काम नगरेकोले डायलासिस पनि गर्नुपरेको थियो।

उनको छातीमा निमोनियासमेत देखिएको थियो। यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका कोरोना सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। यसअघि सप्तरीको राजविराजका एक जनाको प्रतिष्ठानमा मृत्यु भएको थियो।

नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या अब ४१ जना पुगेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय