अवैध औषधी बिक्री वितरण गरेको आरोपमा तीन पक्राउ

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन ७ गते ७:३०

क्लिनिकमा प्रतिबन्धित औषधी बिक्री वितरण तथा किनबेच गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेडिकल हलका सञ्चालक १९ वर्षीय सुसाङकुमार चौधरी, औषधी किनरहेका बेलबारी-५ का २३ वर्षीय शिवजी चौधरी र धरान-१७ का २१ वर्षीय किशनलाल थारू छन्।

मोरङको बेलबारी नगरपालिका-६ सोमबारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अवैध औषधी बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

टेक्निकल क्लिनिकबाट ट्रामाडोल क्याप्सुल १३ हजार थान, डिकोलिक क्याप्सुल २ हजार, स्पास्मो २८०, एन्टिकोफ ७५०, एसिडोल एक हजार, प्रेगासफ्ट ९६०, स्पास्पेन ४ हजार, कोफ्ट्याब २३० थान बरामद गरिएको प्रदेश प्रहरीले जनाएको छ।

अवैध औषधीसहित पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय