झापामा दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

झापामा दुई जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पूर्वी नाका काँकडभिट्टा माविको होल्डिङ सेन्टरमा कार्यरत सशस्त्र प्रहरीका दुई जना जवानमा कोरोना पुष्टि भएको हो।

संक्रमित सशस्त्र प्रहरी २१ र २७ वर्षका छन्।

विदेशबाट फर्किने व्यक्तिको सम्पर्कबाट उनीहरूमा कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ। विदेशबाट फर्किएर होल्डिङ सेन्टरमा बसेका व्यक्तिको निगरानीमा खटिने सुरक्षाकर्मीको नमूना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

संक्रमित दुबै जनालाई मोरङको गोठगाउँ पठाइएको छ। तयारी गरिएको छ। संक्रमण पुष्टिको खबर भर्खरै आएको सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थक्सूले बताए।

संक्रमित ती जवानको सम्पर्कमा आएका अन्य ४० जना सशस्त्र प्रहरीलाई कन्ट्याक्ट ट्रेसिङ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ सय १८ पुगेको छ। त्यसमध्ये २ सय ९८ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय