लकडाउन अन्त्य, उपचारसम्बन्धी व्यवस्था यथावत

सरकारले ०७६ साल चैत ९ को निर्णयअनुसार चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउनको निर्णय साउन ६ गते रातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा जारी वन्दावन्दी अन्त्य भएको जानकारी दिए । उनले लकडाउनसँगै जारी भएको उपचारलगायतका व्यवस्था भने कायम रहेको बताए ।

सरकारले सार्वजनिक सुरक्षाका उपाय अपनाएर साउन १५ देखि होटल तथा रेस्टुरेन्ट संचालन गर्न दिने निर्णय गरेको छ । उनले सबै सेवामा मास्कको प्रयोग, सामाजिक दूरी र सेनिटाइजेसनसम्बन्धी मापदण्ड पूरा गरेर सेवा क्रमशः खोल्दै जाने बताए ।अब कार्यलय सबै सुचारु हुने सुनाए ।

तर ती होटल रेस्टुरेन्टमा सामूहिक भोज, सेमिनार र भेला हुने भने प्रतिवन्ध कायमै राखिएको छ । मन्त्रीपरिषद्ले ट्रेकिङ तथा हवाई क्षेत्रसम्बन्धी बुकिङ पनि खुल्ला गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण जोखिम घटेर अन्य अवस्था सहज भएको अवस्थामा यी सेवा संचालनका लागि तयारी स्वारुप यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

त्यसैगरी स्कूल, कलेज तथा शिक्षण सिकाईसम्बन्धी गतिविधिलाई बन्द निर्णय कायमै राखेर भाद्र १ गतेदेखि भर्ना लिएर अन्य तयारी गर्नसक्ने निर्णय गरेको छ । भदौ १ गतेदेखि नै अन्तर  जिल्ला चल्ने निजी तथा सार्वजनिक सबै यातायात संचलन गर्नसक्ने निर्णयसमेत सरकारले गरेको मन्त्री खतिवडाले जनाए ।

उनले संक्रमण दर कम भएर जोखिम घटिरहेको अवस्थामा भदौ १ गतेअगावै विद्यालय संचालन गर्ने निर्णय हुनसक्ने भन्दै वैकल्पिक शिक्षण सिकाई जारी राख्ने बताए ।

औषधिजन्य सामग्री रोके कारवाही गर्ने

सरकारले औषधि वा औषधिजन्य सामग्रीको आपुर्ति अवरोध गर्ने, लुकाउने वा आपुर्ति असहज गर्ने कार्य गरे कारवाही गर्ने चेतावनी दिएको छ । त्यसैगरी सरुवा रोग ऐन दफा २० को उपदफा २ को व्यवस्था कार्यन्वयनका लागि प्रमुख जिल्ला अधिकारीलाई मुकररगरी आवश्यक परे स्थानीय प्रशासन ऐनअनुसार कारवाही गर्नसक्ने व्यवस्था सम्झाइने निर्णय भएको खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय