उपत्यकामा ३८४ जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा मंगलवार थप ९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ८ र ललितपुरमा १ जनामा  संक्रमण पुष्टि भएको बताए ।

यो सँगै उपत्यकामा ३८४ जना संक्रमण देखिएको छ।  काठमाडौंमा २५७, भक्तपुरमा ४७, ललितपुरमा ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेका छन्।

अहिलेसम्म ७ वटा जिल्ला कोरोना मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप ६०९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ४७७ पुगेको छ ।

देशभरका क्वारेनटिनमा २१ हजार ७ सय४ जना रहेका छन । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय