कुन प्रदेशमा कति संक्रमित ?

हेल्थपोस्ट नेपाल

नेपालमा मगंलबार १५० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

यो सँगै देशभर १७ हजार ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।
कुन प्रदेशमा कति संक्रमित ?

हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा देखिएका छन्। प्रदेश २ मा हालसम्म ४ हजार ८८५ जनालाई कोरोना संक्रमण भएको छ। प्रदेश नम्बर ५ मा ४ हजार १९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ४ हजार १२७ जना, कर्णाली प्रदेशमा १ हजार ५७ जना, गण्डकी प्रदेशमा १ हजार ४०३ जना, बागमती प्रदेशमा ८८२ जना रहेका छन्।

प्रदेश १ मा सबैभन्दा कम संक्रमित देखिएका छन्। प्रदेश १ मा हालसम्म ८६० संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।

मगंलबार संक्रिय संक्रमित ५ हजार ४ सय ७७ जना छन् भने २१ हजार ७ सय ४ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *