६९.३४ प्रतिशत कोरोना संक्रमित निको

हेल्थपोस्ट नेपाल
फाइल तस्बीर

नेपालमा कोरोना संक्रमित निको दर बढिरहेको छ। मगंलबार देशभरका आइसोलेसन सेन्टरबाट थप ६०९ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ९ जना कोरोना निको भएको बताए।

यो सँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।

कुल संक्रमित मध्ये ६९.३४ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ।

मगंलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज पुष्टि भएका सँगै देशभर १७ हजार ९ सय ९४ जनामा संक्रमण देखिएको छ।

देशका क्वारेन्टाइनमा २१ हजार ७ सय ४ रहेका मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *