कर्णालीमा थप १२ मा कोरोना, स‍ंक्रमितकाे संख्या एक हजार ७ सय नाघ्याे

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा मंगलबार भएको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा दैलेखका १० जना र सल्यानका दुईजना रहेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी गराए।

यो सँगै कर्णालीमा कोरोना भाइरस संक्रमण हुनेको संख्या १ हजार ७ सय ६१ पुगेको छ ।

यसका साथै मंगलबार प्रदेश अस्पतालको आइसोलेसन सेन्टरबाट १२ पुरुष र २ महिला डिस्चार्ज भएका छन्।

कर्णालीमा संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ३३ जना रहेको छ।

मंगलबार ४ सय ४ जनाको कोरोना परीक्षण भएको थियो, जसमध्ये १२ जनामा संक्रमणको पुष्टि भएको हो।

हालसम्म कर्णालीमा कुल ३७ हजार ९ सय ३७ जनामा संक्रमण अवस्थाबारे परीक्षण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय