अस्पतालबाट अमिताभले भने ‘धन्यवाद’बाहेक अर्काे शब्द छैन

बलिउडका महानायक अमिताभ बच्चनले आफूसँग अहिले ‘धन्यवाद’बाहेक अरु कुनै शब्द नभएको बताएका छन्।

कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका बच्चनले इन्स्टाग्राम मार्फत आफ्ना शुभचिन्तकलाई स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेका छन्।

यसै क्रममा उनले आफुसँग धन्यवाद बाहेक अन्य कुनै शब्द नभएको बताएका हुन्।

‘अहिले म सँग सबैलाई धन्यवाद भन्नु बाहेक अन्य शब्द छैन’ उनले लेखेका छन्।

यो भन्दा पहिले पनि अमिताभले ६ प्रकृतिका मानिसबाट टाढा रहन भनेका थिए।

‘ईष्यालु,घृणा गर्ने,असन्तोषी,क्रोधी, शंकालु तथा अकार्को भरमा बाच्नेहरुबाट टाढा रहनु पर्छ यस्ता मान्छेले सधै दु ःख दिन्छन’ उनले भनेका थिए।

अमिताभसँगै श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन बुहारी ऐश्वर्या र नातिनी आराध्यामा समेत भाइरसको संक्रमण देखिएको छ।

अहिले बच्चनका सबै परिवार अस्पतालमा छन्।

बच्चन परिवारका शुभचिन्तक स्वास्थ्य लाभका लागि पूजा पाठ गरिरहेका छन्। अमिताभ बच्चनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पताल प्रसाशनले बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय