झरीभरि काठमाडौंको फोहर उठ्दैन, महानगरले भन्यो–घरमै राख्नू

काठमाडौं महानगरपालिकाले केही दिन फोहर नउठाउने भएको छ।

लगातार भइरहेको वर्षाका कारण फोहर व्यवस्थापन गर्ने नुवाकोटको सिसडोल जाने बाटो खराब भएको भन्दै महानगरले केही दिन फोहर नउठाउने बताएको हो।

‘लगातारको वर्षाका कारण सिसडोलको बाटो खराब भएकाले केही दिन फोहर उठाउन नसक्ने अवस्थामा छौं, काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले भने, ‘पानी रोकिएपछि गाडी जानसुक्ने भएपछि फोहर उठाउछौँ।’

केही दिन फोहर नउठाउने भन्दै महानगरले आफ्नो घर, कार्यालय, उद्योग व्यवसाय तथा कलकारखानाबाट उत्सर्जन हुने फोहरमैला घरकै कम्पाउन्ड भित्र राख्न र सडमपेटीमा नफाल्न आग्रह गरेको छ।

काठमाडौं उपत्यकाभर दैनिक करिब ६ सय मेट्रिक टनभन्दा बढी फोहर संकलन हुन्छ।

‘लगातारको वर्षा र अझै केही दिन वर्षा हुने भएकाले फोहर उठाउने काम रोकिएको हो, घरको फोहर सडकपेटीमा नराखी सफा सहर निर्माण कार्यमा सहयोग गरौं, वर्षा रोकिएपछि फोहर उठाउछौं’ प्रवक्ता डंगोलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय