कोरोना भाइरस नभेटिएका देशहरू

कोरोना भाइरसको महामारीले विश्व आफ्नो चपेटामा पारिसकेको छ। भाइरसका कारण विश्व आक्रान्त भएको छ।

कोरोना भाइरसको महामारीको कारण विश्वभर ६ लाख बढीको ज्यान गएको छ भने साढे एक करोड मानिस संक्रमित भइसकेका छन्। विश्वमा १२ वटा यस्ता देश छन् जहा कोरोना भाइरसको संक्रमण देखिएको छैन्।

उत्तर कोरिया

संसारभरमा लगभग छाइरहने उत्तर कोरियो, एशियाको उत्तरपूर्वामा अवस्थित देश हो। यहाँ ‘कम्यूनिष्ट समाजवादी’ राजनीतिक व्यवस्था छ।

विश्वभर उत्तरकोरिया ‘तानाशाही’ शासक भएको देशका रुपमा चिनिन्छ।

साढे २ करोडभन्दा बढी जनसंख्या भएको उत्तर कोरिया कोरोना भाइरसको संक्रमण फेला नपरेको एउटा देश हो।

कोरोना भाइरस संक्रमणको महामारी फैलिएको चिनको छिमेकी देश भएपनि उत्तर कोरियामा अहिलेसम्म भाइरस भेटिएको पुष्टि भएको छैन्।

कोरियाले महामारी भित्रिन नदिन जनवरी २१ बाटै आफ्ना सबै सिमा नाका बन्द गरेको थियो। अहिलेपनि सिमाना बन्द गरिएका छन्।

महामारी नियन्त्रणका लागि उत्तर कोरियाले नियम कानुनको तथा मापदण्डको पालनामा कडाई गरेको छ।

केही व्यक्तिहरु भित्रिएपनि उनीहरुलाई एक महिनादेखि दुई महिनासम्म क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम छ।

समयमै सिमानाका बन्द र नियम कानुनमा कडाई गरेकै कारण यहाँ कोरोना भाइरसको संक्रमण नदेखिएको हुनसक्ने अनुमान गरिएको छ।

तुर्केमिनिस्तान

मध्य एशियामा पर्ने कोरोना भाइरसको संक्रमण नभएको दोस्रो एशियाली मुलुक हो, तुर्केमिनिस्तान।

करिब ६० लाख जनसंख्या भएको तुर्केमिनिस्तान उत्तर कोरियाजस्तै ‘तानाशाह’ शासन व्यवस्था भएको देश हो।

तुर्केनिस्तानले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि मार्च पहिलो सातादेखि नै सिमा नाका बन्द गरेको थियो।

यहा तानाशाह शासन व्यवस्था रहेको हुँदा राज्यका हरेक कुरा गोप्य राखिन्छन्, अर्थात् आम नागरिकले त्यसबारे थाहा पाउँदैनन्।

ओसिनियाका टापु राष्ट्रहरु

सालमोन टापु

सालमोन टापु ६ वटा मुख्य र ९ सय स–साना टापुहरू मिलेर बनेको टापु देश हो। यो देश २८ हजार ४ सय स्वायर किलोमिटरमा फैलिएको छ।
दक्षिण प्रशान्त महसागरमा अवस्थित सालमोन टापुमा जनसंख्या करीब ६ लाख रहेको छ। यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमण फेला परेको छैन।

भानुआटु

भानुआटु दक्षिण प्रशान्त महासागरमा अवस्थित गणतन्त्रिक टापु देश हो। यसको पूर्वमा न्यु क्यालेडोनिया, पूर्वमा अस्ट्रेलिया र पश्चिममा फिजीजस्ता देश छन्।
भानुआटु ८० वटा टापु मिलेर बनेको हो। यसको क्षेत्रफल १३ सय किलोमिटर रहेको छ। यहाँको जनसंख्या करिब ३ लाखको हाराहारीमा रहेको छ।

यहाँ बाह्य हवाई उडान रद्द गरिनुका साथै देशबाहिर जान बन्द गरिएको छ भने बाहिरबाट आउनेमाथि कडाई गरी मेडिकल सर्टिफिकेट र क्वारेन्टाइन अनिवार्य गरिएको छ।यहाँ अहिलेसम्म कोरोना भाइरसको महामारी पुग्न सकेको छैन।

समोआ

समोआ २५ मार्चदेखि लकडाउन गरिएको छ।

यहाँ कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य आपतकालको घोषणा गरिएको छ। सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएका छन्।

समाओको जनसंख्या करिब २ लाख छ। यो देश दुई मुख्य टापु र अन्य स–साना टापु मिलेर बनेको छ। यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको कुनै तथ्यांक छैन।

किरीबाटी

किरीबाटी मध्य प्रशान्त महासागरमा अवस्थित गणतन्त्रात्मक टापु देश हो। यहाँ भाइरस संक्रमणको भेटिएको छैन। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भन्दै किरीबाटीले सार्वजनिक आपतकालको घोषणा गर्नुका साथै स्कूल तथा कलेज मार्चदेखि बन्द गरेको थियो। यहाँको जनसंख्या करीब १ लाख १० हजारको हाराहारीमा रहेको छ।

माइक्रोनेसिया

माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६ सय टापु मिलेर बनेको देश हो। यो देश चारवटा मुख्य टापुहरु मिलेर बनेको छ।
माइक्रोनेसियाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै फेव्रुुअरीबाट आन्तरिक तथा बाह््य हवाई उडान बन्द गरेको थियो। चीनबाट आउने यात्रु तथा चिनियाँ नागरिकलाई प्रतिबन्ध लगाइएको थियो।

माइक्रोनेसियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन। यहाँको जनसंख्या १ लाख १५ हजार रहेको छ।

टोंगा

टोंगा १ सय ७० भन्दाबढी दक्षिणि प्रशान्त टापुहरू मिलेर बनेको पोलेनेसियन राज्य हो।

महामारी नियन्त्रणका लागि टोंगाले फेव्रुअरीदेखि सम्पूर्ण यात्राहरुमाथि बन्देज लगाएको थियो।

फिजीमा कोरोना भाइरसको संक्रमण फेला परेपछि टोंगाले सबै सिमानाका बन्द गर्नुका साथै विदेशी यात्रुलाई स्वदेश फर्किन आग्रह गरेको थियो।
यहाँको जनसंख्या १ लाख छ।

मार्सल आइल्याण्ड

मार्सल आइल्याण्ड मध्य प्रशान्त महासागरमा अवस्थित टापु देश हो।

यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन।

मार्सलले मार्च २१ बाट अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको थियो। मार्सल टापुमा करिब ६० हजार जनसंख्याको बसोबास छ।

पलाउ

पश्चिमी प्रशान्त महासागरको माइक्रोनेसियाको एक हिस्सा पलाउ ५ सय टापु मिलेर बनेको टापु हो।

पलाउमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन। यस टापुमा १८ हजार जनसंख्या रहेको छ।

टुभालु

टुभालु दक्षिण प्रशान्त महासागरमा अवस्थित स्वतन्त्र टापु देश हो।

यहाको जनसंख्या कम र बाहिरबाट आउने पर्यटकहरुको संख्या समेत न्यून हँदा कोरोना भाइरसको संक्रमण नभेटिएको अनुमान गरिएको छ।
यहाँ प्रतिवर्ष २ सयभन्दा कम मात्रामा विदेशी पर्यटकहरु आउँछन्। टुभालुको जनसंख्या ११ हजार रहेको छ।

नाउरु

नाउरु आइल्याण्डमध्ये सबैभन्दा सानो टापु देश हो। एकदिनमै पूरै देश घुम्न सकिने नारुको जनसंख्या लगभग १० हजारजति छ।

यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमण फेला परेको छैन। नाउरु टुभालुपछि सबैभन्दा कम पर्यटक आउने देशमा पर्छ।

कम जनसंख्या र विदेशी पर्यटकको कमीले गर्दा नाउरुमा संक्रमण नभेटिएको हुनसक्ने अनुमान गरिएको छ।

एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय