कोरोनाबाट सबैभन्दा प्रभावित विश्वका छ देश, भारत तेस्रो

विश्वभर कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन सकेको छैन्।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा केही हदसम्म नियन्त्रण आएपनि संक्रमितको संख्या भने घट्न सकेको छैन।

बितेको चौबिस घण्टामा विश्वभर २ लाख ४ हजारबढी नयाँ संक्रमित थपिएका छन् भने ४ हजारको ज्यान गएको छ।

यस्तो छ कोरोना संक्रमणमा परेका शीर्ष ६ देशको अवस्था

अमेरिका

भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ४३ हजार ८ सय ३४ जनाको ज्यान गएको छ भने ३९ लाख ६१ हजार ४ सय २९ जना संक्रमित रहेका छन्।
संक्रमितमध्ये १६ हजार ६ सय १६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख ४९ हजार ९ सय ९८ जना निको भएका छन्।

ब्राजिल

ब्राजिलमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार २ सय ५१ पुगेको छ भने २१ लाख २१ हजार ६ सय ४५ जना संक्रमित छन्।

भारत

त्यस्तै भाइरसबाट प्रभावित देशको तेस्रो नम्बरमा रहेको भारतामा कोरोनाका कारण २८ हजार ९९ सय जनाको ज्यान गएको छ भने ११ लाख ५४ हजार ९ सय १७ जना संक्रमित छन्।

रुस

रुसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २७ पुगेको छ भने ७ लाख ७७ हजार ४ सय ८६ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमितमध्ये ५ लाख ५३ हजार ६ सय २ जना निको भएका छन्।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण ५ हजार १ सय ७३ जनाको मृत्यु भएको छ भने ३ लाख ७३ हजार ६ सय २८ जना संक्रमित रहेका छन्।

पेरु

पेरुमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ८४ पुगेको छ भने ३ लाख ५७ हजार ६ सय ८१ जना संक्रमित रहेका छन्।
पेरुमा रहेका संक्रमितमध्ये २ लाख ४५ हजार ८१ जना निको भएका छन् भने १ हजार ३ सय ३ जनाको अवस्था गम्भीर रहेको छ।

विश्वभर कोरोना भाइरसका कारण ६ लाख १३ हजार १ सय ३९ जनाको मृत्यु भएको छ भने १ करोड ४८ लाख ५० हजार ४ सय ४३ जना संक्रमित छन्।
भाइरसका संक्रमितमध्य ५९ हजार ८ सय ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ८८ लाख ९८ हजार ७ सय ८० जना निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय