लुम्बिनी प्रादेशिक अस्पतालमा कर्मचारी बोक्न बस

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ साउन ५ गते २०:११

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी बोक्न दुई वटा बस किनेर सञ्चालनमा ल्याएको छ। लकडाउनमा अस्पतालमा आउन जान समस्या देखिएपछि अस्पतालले बस किनेको हो।

पश्चिम नवलपरासीको सुनवल, भैरहवा र सालझण्डी तीन ठाउँबाट कर्मचारीलाई बोक्नका लागि दुई वटा बस सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले ६२ लाखको लागतमा दुई वटा बस खरीद गरी सञ्चालनमा ल्याइएको बताए। टाढाका कर्मचारी बन्दको समयमा समस्यामा परेको देखिएपछि अस्पतालले बस सेवा उपलब्ध गराएको उनको भनाइ छ।

अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले बस सञ्चालनमा आएपछि कर्मचारीलाई सहज हुने बताइन्। ‘प्राइभेट सवारी साधन नहुनेलाइ निकै समस्या थियो’, उनले भनिन्, ‘अब त्यो समस्या नहुने भयो।’

अस्पतालले लकडाउनकै समयमा ओपिडी सेवा सञ्चालन गरिरहेको छ। त्यस्तै अस्पतालमा आउने शंकास्पद विरामीका लागि कोरोना जाँच गर्न पीसीआर मेसिन पनि सञ्चालनमा आएको छ।

पछिल्लो समय अस्पतालले आफ्नो सेवा गुणस्तरीय बनाउने प्रयास गरिरहेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा करिब ६ सय स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय