जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्य संस्था बन्द गर्ने स्वास्थ्यकर्मीको चेतावनी

कोरोना भाइरस( कोभिड १९) नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता तथा सुविधा नपाएको भन्दै राजदेवी नगरपालिका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्।

स्वास्थ्य संस्थामा रहेका कर्मचारीले वर्षभरी खोप संचालन तथा गाउँघर क्लिनिक संचालन, औषधि ढुवानी, महिला स्वास्थ्य स्वयम सेविकाहरुले भिटामिन ए कार्यक्रम संचालन गरे बापत सुविधा नपाएको भन्दै उनीले स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी दिएका हुन्।

सोमबार नगरपालिकालाई एक ज्ञापन पत्र बुझाउँदै स्वास्थ्यकर्मी तथा महिला स्वयमसेविकाले विरोधका कार्यक्रम सार्वजानिक गरेका हुन।

नगर प्रमुख, प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा संयोजक समेत रोहबरमा पटक–पटक निर्णय भए तापनि सरकारले पठाएको बजेट फ्रिज गराएकोले आन्दोलनमा उत्रिनु परेको जनाएका छन्।

साउन ६ र ७ मा नगरपालिकामा धर्ना दिने र ८ गते सम्म पनि माग सम्बोधन नभए नगरपालिका प्रशासन, स्वास्थ्य शाखामा ताल्चा लगाई धर्ना जारी राख्ने स्वास्थ्यकर्मीले जनाएका छन्।

One thought on “जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्य संस्था बन्द गर्ने स्वास्थ्यकर्मीको चेतावनी

  1. हामी स्वास्थ्यकर्मी covid 19को संक्रमणकाल मा जनप्रतिनिधि ,जनता कर्मचारी देखि सम्पुर्ण मानवजगतकै सुरक्षाको लागि आफ्नो र आफ्नो घरपरिवारको समेत प्रवाह नगरी अहोरात्र काम गर्दा पनि नेपाल सरकारले घोषणा गरेकोसुबिधा लिन आनदोलन गर्नु पर्दा यो भन्दा अनयाय कहाँ हुन्छ त्यसैले अब हाम्रो दरबन्दी संघ मा होस भनी यहि कमेन्ट् मर्फत जाहेर गर्न चाहन्छु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय