कुवेतबाट झापा आएका २५ महिलामा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

कुवेतबाट झापा आएका ४५ मध्ये २५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

जिल्लाका ३ सय १३ जना संक्रमितमध्ये कुवेतबाट आएका २५ महिला भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमित ३ सय १३ मध्ये २ सय ७९ जना धरान, विराटनगर र गोठगाउँबाट उपचारपछि निको भएर घर फर्केको जनाइएको छ।

झापाका ३४ जना अस्पतालमा उपचाररत छन्। जिल्लामा ९ हजार ६ सय ९९ जनाको पिसिआरको नमुना संकलन गरिएको छ। प्रदेश १ मा झापा पिसिआरका लागि नमूना संकलन गरिएको जिल्ला हो ।

झापामका ३ हजार ३ सय १० जनाको आरडिटी परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये ५७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *