कर्मचारी विवरण पठाउन ३४ निकायलाई स्वास्थ्य मन्त्रालयको तीनदिने म्याद, ९ दिनसम्म एउटै आएन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन ५ गते १७:३५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पति विवरण बुझाउने र मातहतका संस्थामा कार्यरत जनशक्तिको रेकर्ड अद्यवधिक गर्ने उद्देश्यले तीन दिनभित्र विवरण पठाउन गरेको ताकेतालाई अटेरी गरेका छन् ।

मन्त्रालय अन्तर्गतका तीन विभाग, ६ प्रतिष्ठानसहित केन्द्र सरकार अन्तर्गत रहेका अस्पताल, परिषद् र केन्द्रसँग असार २८ गते पत्राचार गरेर तीन दिनभित्र विवरण माग गरेको थियो ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अधिकृत अमित पौडेलले हालसम्म एउटा पनि निकायले विवरण नपठाएको बताए ।

मन्त्रालयका अनुसार यस्तो रेकर्ड आर्थिक वर्ष २०७६/०७७ सम्पति विवरण संकलन गरेर राष्ट्रिय सर्तकताको डाटावेसमा इन्ट्री गर्नुपर्छ । स्थायी कर्मचारीको सन्दर्भमा सम्बन्धित कार्यलयले र अस्थायी, करार र ज्यालादारीको हकमा मन्त्रालयले नै संकलन गरेर सम्पति विवरण इन्ट्री गरिदिने र अन्य कागजात राख्ने गर्छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यका संस्थामा रहेका निजामति कर्मचारीबाहेक अस्थायी/ज्यालादारी/करारमा समेत रहेका कर्मचारीको आगामी आर्थिक वर्षको सम्पति विवरण नाम, पद, अस्थायी/स्थायी/करार र ज्यालादारीसमेत खुल्नेगरी आगामी भदौ २० सम्म अनिवार्य रुपमा मन्त्रालयमा पठाउनुपर्छ ।

मन्त्रालयले त्यसअघि नै तीन दिनभित्रै सम्पूर्ण कर्मचारीको रेकर्ड मगाएको थियो ।

One thought on “कर्मचारी विवरण पठाउन ३४ निकायलाई स्वास्थ्य मन्त्रालयको तीनदिने म्याद, ९ दिनसम्म एउटै आएन

  1. आफु माताहतको कर्मचारीको बिबरण समेत राख्न नसक्ने स्वास्थ्य मन्त्रालय के गरेर बसेको छ । मन्त्रालयमा कर्मचारी प्रसासन महासाखा नै छ होला । केन्द्रका सबै कार्यालय किन यसो गर्छन आफु माताहतको कार्यालयको बिबरण पनि माग्नु पर्छ र आफु संग नै हुन्छ नी रेकर्ड बरु रेकर्ड वेभ साईडमा राखेर छुटेको भए भन्नुस भन्न सम्म सुहाउला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय