कोरोना मुक्त भए ७ जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ जिल्लामा कोरोना संक्रमित शुन्य भएको जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ७ जिल्लामा कोरोना संक्रमित शुन्य भएको जानकारी दिए।

उनका अनुसार भोजपुर, पाँचथर, धनकुटा,सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा संक्रमित संख्या शुन्य रहेको छ।

मन्त्रालयका अनुसार ५ सयभन्दा बढी संक्रमित उपचारमा रहेका ३ जिल्ला रहेको छ। जसमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।

सोमबार १८६ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित हुने संख्या १७ हजार ६ सय ५८ पुगेको छ।

आज देशका क्वारेन्टाइनमा २२ हजार २ सय २८ रहेका मन्त्रालयले जनाएको छ। देशभरबाट पछिल्लो २४ घण्टामा १७३ जनाले संक्रमण जितेका छन।यो सँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।

कुल संक्रमित मध्ये ६६.५१ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय