गल्याङ अस्पतालका डाक्टरमा कोरोना पुष्टि

संक्रमितको उपचारमा खटिएका स्याङ्जाका एक चिकित्सकलाइ कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गल्याङ नगर अस्पतालका चिकित्सकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले हेल्थपोस्टलाई जानकारी दिए।

उनले भने, ‘संक्रमितको उपचारमा खटिनुभएका मुख्य स्वास्थ्यकर्मीमा नै कोरोना पोजेटिभ देखियो। पहिल्यै बिरामीको संख्या कम रहेकाले अस्पताल बन्दजस्तै छ।’

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीसहित २१ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो ।

त्यसमा दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित र बाँकी १९ जना अस्पतालका कर्मचारी हुन्। एक स्वास्थ्यकर्मीबाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख शर्माले जानकारी दिए।

संक्रमित स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ थालिएको उनले बताए।परीक्षणका लागि स्वाब पोखरा पठाएपछि पनि ती स्वास्थ्यकर्मी केही निजी क्लिनिकमा बिरामी जाँच्न गएको पाइएको शर्माले जानकारी दिए।

स्याङ्जामा हालसम्म १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ। त्यसमध्ये १ सय ८५ जना निको भइसकेका छन्। दुई संक्रमितको भने उपचारको क्रममा पोखरामा मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय