थप १८६ जनामा कोरोना, संक्रमित संख्या १७६५८

नेपालमा सोमबार १८६ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

देशभर ५ हजार ९ सय ३६ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ। सोमबार पुष्टि भएका सँगै देशभर १७ हजार ६ सय ५८ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार २७ वटा प्रयोगशलामा आइतबार ४ हजार २ सय १६ नुमना परीक्षण भएको छ।आज देशका क्वारेन्टाइनमा २२ हजार २ सय २८ रहेका मन्त्रालयले जनाएको छ।

देशभरबाट पछिल्लो २४ घण्टामा १७३ जनाले संक्रमण जितेका छन।यो सँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।

कुल संक्रमित मध्ये ६६.५१ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय