कर्णालीमा थपिए ११ जनामा कोरोना संक्रमित

कर्णाली प्रदेशमा साेमबार थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र भेरी अस्पताल बाँकेमा सोमबार गरिएको परिक्षणमा कर्णालीका थप ११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो।

सुर्खेतका चारजना, सल्यानका तीनजना, दैलेखका दुईजना, कालिकोट र हुम्लाका एक-एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै कर्णालीमा कोरोना भाइरस संक्रमण पुष्टी हुनेहरुको संख्या एक हजार सात सय ४९ पुगेको छ ।

सोमबार चार सय ६५ जनामा कोरोना भाइरस संक्रमण वारे परिक्षण भएको थियो। जसमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म कर्णालीमा कुल ३६ हजार ७ सय ७४ जनामा संक्रमण परीक्षण भइसकेको छ।

यसका साथै प्रदेशका विभिन्न आइसोलेसन सेन्टरहरुबाट सोमबार संक्रमणबाट निको भई आठ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कर्णालीमा २ सय २४ जना कोरोना भाइरसका सक्रिय बिरामी अझै छन् भने हालसम्म संक्रमणपछि निको हुनेको संख्या एक हजार पाँच सय १९ छ। प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय