बारा र पर्साका थप ५० मा काेराेना पुष्टि, एउटै क्वारेन्टाइनका ४६ संक्रमित

प्रदेश २ मा थप ५० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

तीमध्ये बाराका ४६ र पर्साका ४ जना छन्।

बाराकाे देवतलमा रहेकाे एउटै क्वारेन्टाइनमा रहेका ४६ जनामा काेराेना देखिएकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

पर्साका चार जना होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए। संक्रमितमध्ये १० जना महिला रहेका छन्।

संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय