कोरोना पुनरागमनसँगै चीनको जिनजियाङ क्षेत्रमा फेरि लकडाउन

गएको साता एकजनामा कोरोना भाइरस संक्रमण भई अन्य तीन ‘एसिम्प्टोमेटिक’ (लक्षण नदेखिएको) केस पुष्टि हुँदा चीनको जिनजियाङ क्षेत्रको राजधानी उरुम्क्बिमा यात्रा बन्धकको अवस्थामा छ। सहरका स्टोरमा दैनिक उपभोग्य सामान किन्ने होड चलेको छ।

करिब ३५ लाख जनसंख्या रहेको यस क्षेत्रको एकमात्रै सबवेका साथसाथै विमानस्थलमा आगमन तथा प्रस्थान सेवा बन्द गरिएको छ।

सामाजिक सञ्जालमा दिइएका जानकारीलाई आधार मान्ने हो भने त्यहाँ आवागमन बन्देज लाग्न सक्ने सम्भावना मध्यनजर गरी ‘प्यानिक बाइङ’ (पछिका लागि समेत सञ्चित राख्ने गरी आवश्यकभन्दा बढी सामग्री खरिद) का लागि विभिन्न स्टोरमा घुइँचो लागेको छ।

‘भाइरसको सञ्चारलाई सोचविचारपूर्वक कम गरिने छ, मानिसको भीड हुने स्थानलाई नियन्त्रणमा लिइने छ, समुदाय तथा गाउ“हरूका लागि आवश्यक ऊर्जा व्यवस्थापन गरिने छ र अस्पतालमा परीक्षणलाई कडाइसाथ लागू गरिने छ,’ जिनजियाङको कम्युनिस्ट पार्टी समितिले भनेको छ।

उरुम्क्बि सहरबाट हालै जिनजियाङ प्रान्तको पूर्वीभेगतर्फ यात्रा गरेका एक व्यापारीलाई जिनजियाङ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले गत बिहीबार कोरोना भाइरस परीक्षणका लागि आग्रह गरेपछि उक्त क्षेत्रमा कोभिड–१९ प्रकोप फेरि देखापरेको शंका उब्जेको थियो।

परीक्षणले उनलाई एसिम्प्टोमेटिक देखाएको थियो। त्यसभन्दा अगाडि जिनजियाङ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले उक्त प्रान्तमा संक्रमणभन्दा अघिको १ सय ४९ दिनसम्म कोरोना भाइरसको कुनै पनि केस नदेखिएको भन्दै आºनो आधिकारिक ट्विटर अकाउन्टमा उल्लेख गरेको थियो, जुन उसले पछि हटाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय